एमालेद्वारा सरकारलाई कोरोना रोकथामबारे ध्यानाकर्षण, २२ बुँदे सुझाव पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोरोना भाइरसको बढ्दो संक्रमणबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आफू सरकारमा हुँदा कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारकालागि गरेका कामहरुलाई स्मरण गराउँदै एमालेले सरकारलाई उक्त पत्र पेस गरेको हो । पत्रमा आफुहरुले गरेका काम मात्र नभइ सरकारका कमजोरी औँल्याउनुका साथै सझावहरु समेत उल्लेख गरिएको छ । 

पत्रमा प्रधानमन्त्रीले खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको आरोप पनि लगाइएको छ । त्यसै गरी खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, बुस्टर खोप उपलब्ध गराउन नसकेको, बीमितहरुको रकम उपलब्ध नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएकोजस्ता आरोप समेत पत्रमा लगाइएको छ। यसका साथै सरकारको कूटनीतिक पहल अत्यन्तै कमजोर रहेको समेत पत्रमा उल्लेख गरिएको छ । 

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्टान्डर्ड गाइड लाइन तयार गर्नेदेखि ८२ वटा पीसीआर ल्याब स्थापना गरेकोलगायत १६ वटा कामहरुको स्मरण प्रधानमन्त्रीलाई गराएको छ ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×