त्रिभुवन विश्वविद्यालयका जारी सम्पूर्ण परीक्षाहरु स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका जारी सम्पूर्ण परीक्षाहरु स्थगित गरिएकाे छ । काेराेना संक्रमणले उच्च गति लिएकाे र राेकथाम तथा नियन्त्रणका लागि सजगता अपनाउनु पर्ने भएकाले सम्पूर्ण परीक्षाहरू स्थगित गरिएकाे हाे ।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले सोमबारबाट हुने परीक्षा स्थगित गरेको जानकारी दिनुभयो । डीनसँग भएको बैठक पछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे उहाँकाे भनाइ छ ।

यसअघि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिनुभएको थियाे ।

प्रधानमन्त्री देउवाकाे निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गरिएकाे विज्ञप्ति पनि जारी गरेकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×