समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये १८ वटा दलले मात्रै आफ्नो–आफ्नै चुनाव चिह्नमा ११० सिटमै उम्मेदवारी दिएका छन् भने बाँकी दलहरूले कम सिटमा उम्मेदवार समेटेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सिट समानुपातिक र १६५ सिट प्रत्यक्ष निर्वाचनबाट भरिने व्यवस्था छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५४ दल आ–आफ्नै चुनाव चिह्नमा र १० दल संयुक्त रूपमा ४ वटा चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन्, जसअनुसार समानुपातिकतर्फ ५८ वटा चुनाव चिह्न रहनेछन्। समानुपातिक सूचीमा आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र गरी ७ क्लस्टर समावेश छन् र कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य गरिएको छ। न्यूनतम ११ र अधिकतम ११० उम्मेदवार पेस गर्न पाउने व्यवस्थाअनुसार केही दलले ११ जनाको मात्रै नाम बुझाएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ पछि नाम थप्ने कानुनी प्रावधान नरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×