काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।
उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो। राई लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए।
यसैबीच प्रधानमन्त्रीले राईको निधन भएकोमा उनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।