महोत्तरी - महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याएका छन्।
सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी ल्याइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गरिन्।