काठमाडौँ - महानन्द ढकाल लिखित उपन्यास बुह्रान शनिबार बाँकेको कोहलपुरमा विमोचन गरिएको छ। कथाकार तथ प्राज्ञ सनत रेग्मीले सो उपन्यास विमोचन गरेका हुन्।
भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना, अवधि साहित्यकार बिष्णुलाल कुमाल, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी लगायत बुह्रानबारे चर्चा गरेका थिए।
साहित्यकार महानन्द ढकालले आफ्नो छैठौं साहित्यिक कृतिका रुपमा बुह्रान उपन्यासलाई बजारमा ल्याएका हुन। थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रान उपन्यासको आवरण देवेन्द्र थुम्केलीले बनाएका हुन्।
बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो। बुह्रान यसअघि नै बजारमा गइसकेको भए पनि आधिकारिक रुपमा हिजो बिमोचन गरिएको हो।