‘बबली बाउन्सर’ को रिलिज मिति घोषणा, तमन्ना भाटियाको फर्स्ट लुक सार्वजनिक

काठमाडौँ - फिल्म निर्देशक मधुर भण्डारकरको आगामी फिल्म ‘बबली बाउन्सर’ को रिलिज मिति घोषणा गरिएको छ। यससँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ।

फिल्म २३ सेप्टेम्बर २०२२ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ। स्टार स्टुडियो र जंगली पिक्चर्सले यसको रिलिज मिति घोषणा गरेको हो। यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज हुने बताइएको छ। यस फिल्ममा तमन्ना भाटियाको मुख्य भूमिका रहने छ।

निर्माण पक्षले ‘बबली बाउन्सर’ बाट तमन्ना भाटियाको फर्स्ट लुक सार्वजनिक गरेको छ। तस्बिरमा तमन्ना कालो प्यान्ट र टिसर्टमा हात बाँधेर उभिएकी छिन्। त्यस्तै, तस्बिरमा तमन्ना आफ्नो शक्ति प्रदर्शन गरिरहेको देखिएकी छिन्। तमन्नाको यो विशेष शैलीले फ्यानमा फिल्मलाई लिएर उत्सुकता बढाएको छ।

‘बबली बाउन्सर’ उत्तर भारतको वास्तविक ‘बाउन्सर टाउन’ असोला फतेपुरमा आधारित कथा हो। यस फिल्ममा तमन्नाको ‘बबली बाउन्सर’को चरित्र बिल्कुलै फरक रहेको छ। फक्स स्टार स्टुडियो र जंगली पिक्चर्सद्वारा निर्मित, ‘बबली बाउन्सर’लाई मधुर भण्डारकरले निर्देशन गरेका हुन्। फिल्ममा सौरभ शुक्लासँगै अभिषेक बजाज र साहिल वैद पनि मुख्य भूमिका रहने छ।

तमन्ना भाटियाले आफ्नो फिल्मको बारेमा एक अन्तर्वार्तामा भनिन्, ‘बबली बाउन्सर’ फिल्मको स्क्रिप्ट पढेपछि आफूलाई यो क्यारेक्टर सबैभन्दा रोमाञ्चक र रमाइलो पात्रमध्येको एक भएकोले आफूलाई यो क्यारेक्टरको माया लाग्यो। तमन्नाले पहिलो पटक महिला बाउन्सरको कथामा आधारित फिल्म बन्ने र उनको आवाज बन्न पाउँदा निकै उत्साहित रहेको बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×