बंगलादेशमाथि भारतको सहज जित

काठमाडौँ - भारतले बंगलादेशमाथि सहज जित निकालेको छ। चट्टोग्राममा भएको पहिलो टेष्ट क्रिकेटमा भारत १८८ रनले विजयी भएको हो। ५१३ रनको चुनौती पछ्याएको बंगलादेशले आज पाँचौं दिन ३२४ रनमात्र बनाउन सक्यो।

जकिर हसनले १०० तथा कप्तान शकिब अल हसनले ८४ रन बनाएको इनिङ्समा अक्षर पटेलले ४ तथा कुलदीप यादवले ३ विकेट लिए।

यसअघि पहिलो इनिङ्समा भारतले चेतेश्वर पुजाराको ९० तथा श्रेयस ऐयरको ८६ रनको मद्धतले ४०४ रन बनाएको थियो। बंगलादेश भने १५० रनमै अलआउट भएको थियो। भारतका लागि कुलदीप यादवले ५ विकेट लिएका थिए। दोस्रो इनिङ्समा भारतले २ विकेटको क्षतिमा २५८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो।

भारतका लागि शुबमन गिलले ११० तथा पुजाराले अविपिजत रहँदै १०२ रन बनाएका थिए। खेलमा ४० रनसँगै ८ विकेट लिएका कुलदीप यादव प्लेयर अफ द म्याच भए।

यो जितसँगै भारतले ४ खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ। भारतले अहिलेसम्म बंगलादेशसँग एउटा पनि टेष्ट हारेको छैन। दोस्रो टेष्ट मिरपुरमा बिहीबार हुँदैछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×