काठमाडाैं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी रहेको छ । आज बिहान ४ः२० बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म एक हजार मत गनिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
अहिलेसम्म एक हजार मत गनिसक्दा देउवाले ४७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा सभापतिका अर्का उम्मेदवार शेखर कोइराला आएका छन् । उनले ३७६ मत प्राप्त गरेका छन् ।