नुवाकोट । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नुवाकोटमा जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन्।
सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ।
सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् ।
सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन्।