मोरङ - बिराटनगर महानगरपालिका–१७ गुजार टोल स्थित खाली जग्गाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७९ केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।