काठमाडौँ - दक्षिण अफ्रिकाले दुई टी-२० शृंखलाको बुधबार राति खेलिएको पहिलो खेलमा आयरल्याण्डलाई २१ रनले पराजित गरेको छ।
यो जीतसँगै शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ। २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटिएको थियो।
आयरल्याण्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए भने जर्ज डोकरेलले ४३ रन जोडेका थिए।। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २ सय ११ रनको विशाल योगफल बनाएको थियो।
दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए भने एडेन माक्ररमले ५६ रन जोडेका थिए।
यी २ टीमको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।