सर्वोच्चका न्यायाधीश छलफलमा आउन हच्किनाले महाभियोग सिफारिस समितिको बैठक सर्‍यो

काठमाडौँ - आज बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग सिफारिस समितिको बैठक सर्वोच्चका न्यायाधीश छलफलमा आउन हच्किएका कारण सरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो। 

समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे मात्र बस्नेछ। यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो। समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ। समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ।

प्रधानन्यायाधीश जबराले बयानका क्रममा उनीहरुको पनि नाम आएको हुँदा आफू फस्ने डरले उनीहरु बैठकमा सहभागी हुन नचाहेको बुझ्न सकिन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×