सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन

एजेन्सी। सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताएका छन्।

फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्याचउन समेत विफल भएको आरोप लगाएका छन्। उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो।

यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनेछन् र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा राखिनेछ।

फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानून र नियमहरूको पालना गर्न आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×