बुटवल- बुटवल उपमहानगरपालिका–२, तिनाउ पुलमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
गए राति करिब १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।