आर्टमाण्डुको ‘धागो-सम्बन्धको’ बोलको म्युजिकल फिल्म सार्वजनिक

काठमाडौँ - आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डुले ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको छ।

रचनाकार हर्क साउदको शब्द रहेको ‘धागो-सम्बन्धको’ गीतमा एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको छ। गीतमा सुशान्त केसीको म्युजिक रहेको छ।

नविन चौहानको निर्देशन र कन्सेप्टमा तयार भएको गीतको भिडियोमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय रहेको छ। गीतको भिडियो संगीता कार्कीको निर्माणमा बनेको हो।

दशैँ-तिहारको परिवेश र बाल्यकाल सम्झाउने यो गीत सत्य कथामा आधारित रहेको निर्देशक चौहानले जानकारी दिएका छन्।

‘दुई वर्षदेखि यस गीतमा काम गर्ने कुरा भएको हो। यो कसैको घरको सत्य कथा हो। जहाँ ५ जनाको परिवार थियो। तर, त्यो परिवारले फरक समयमा दशैँ-तिहारकै बेला आमा र छोरा गुमाउनुपर्‍यो। जसले गर्दा अहिले परिवार नै विनाश भएको छ। एउटा सामान्य परिवारको कथामा पनि भावना हुन्छ भन्ने हेतुले यो काम गरेको हुँ,’ उनले भनेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×