भित्तेपात्रोको अनुगमन गर्न सरकारी समिति, स्वीकृति नलिनेलाई कारबाही गरिने

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ।

प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो। निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिननका साथै  निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आज एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन्। इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।

नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेशसभा सभामुखसक्षम राजीनामा दिएका उनले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेका थिए। विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×