स्कटल्यान्डसँगको दुई खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

काठमाडौँ - स्कटल्यान्डसँगको दुई खेलको टी-२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ। गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २-० ले जितेको हो।

न्युजिल्यान्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो। स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाएका थिए।

न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले २/२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। उसका मार्क चाम्पमानले ८३ रनको अर्धशतकीय पारी खेलेका थिए। मिचेल ब्रेसवेल ६१ रनमा अविजित रहेका थिए।

स्कटल्यान्डका गाभिन मेनले २ विकेट लिए।न्युजिल्यान्डको यो टी-२० इतिहासकै सर्वाधिक उच्च योगफल समेत हो।

पहिलो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×