युएईसँग सिरिज खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ - आगामी नोभेम्बर १४ देखि काठमाडौंमा हुने युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका नेपाली टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार राति रोहित कुमार पौडेलको कप्तानीमा ज्ञानेन्द्र मल्लसहित १६ सदस्सीय टोलीको घोषणा गरेको हो।

यसअघि केन्या भ्रमणको टोलीमा परेका सन्दीप लामिछाने, देव खनाल, पवन सर्राफ, साहव आलम, किशोर महतो, विवेक यादव र वसिर अहमद टिमबाट बाहिरिएका छन्।नेपालले युएईसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।

पहिलो एकदिवसीय कात्तिक २८ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय कात्तिक ३० र अन्तिम तथा तेस्रो एकदिवसीय मंसिर २ गते हुनेछ।

नेपालको टिममा
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंहे ऐरी, आसिफ शेख, भिम सार्की,कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद, गुलसन झा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×