काठमाडौँ - आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ।
छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ। टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ। काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ। दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय’ थाहा नभएको जनाएका छन्।
लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज चुनावी गठबन्धन र सिट बाँडफाँट’ छलफल हुने जानकारी दिए। पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनकेन्द्रित विषयमा छलफल हुने उनको कथन छ।
राजधानी दैनिकबाट