महोत्तरी - बर्दिबास नगरपालिका–१३ बिजलपुरा भेडिया टोल बस्ने बब्लु राउतको मिथिला पोल्टी फार्ममा शनिबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।