चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ।

सुवर्ण थापा निर्देशित ‘म’को ट्रेलरले आपराधिक योजना चित्रण गरेको छ। अस्पतालमा भर्ना भएको बिरामीले त्यहीँबाट बनाउने योजना ट्रेलरमा देखिन्छ।  

सञ्जोग रसाइली, निशा अधिकारी, रुविना थापा, नीराजन प्रधान प्रहरी, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।

चलचित्र ‘म’ साउन २० गतेबाट प्रदर्शनमा आउँदै छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×