दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु

काठमाडौँ - दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ। उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए।

उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए। उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए। यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवात आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो। बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो।

राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन्। उनले भने, ‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिनँ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×