केपी ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ - पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ। 
ओली र राजदूत बेरीबी मंगलबार अपराह्न भक्तपुरको बालकोटस्थित ओलीको निजी निवासमा भेटवार्ता भएको हो। 

 ओलीलाई भेट्न राजदूरत बेरी भक्तपुरको बालकोटस्थित ओलीको निजी निवास पुगेका थिए। 

दुवै जनाबीच अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सहायता सम्झौताका विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

राजदूत बेरी सँगको भेटवार्तापछि अहिले ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल भएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×