काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएसँगै जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह तमाङ (लामा) ले आलोपालो सरकार सञ्चालनको सहमतिमा जम्कट्टेललाई विश्वासको मत दिन लागेको बताए।