मेसु सरुवा हुनासाथ भक्तपुर अस्पतालमा सञ्चालित आईसीयू सेवा बन्द

काठमाडौँ - स्थापनाको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आईसीयु बन्द भएको छ।

बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा. सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आईसीयू बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आईसीयू मेसु सरुवा भएलगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन्। 

अस्पतालका तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आईसीयू नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआईसीयू र १६ शय्याको अर्को आईसीयू सञ्चालनमा ल्याइएको भए पनि आफ्नो सरुवा भएको केही दिनपछि नै बन्द भएको सुन्दा दुःख लागेको डा. गौतमले बताए। जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले नमूनाका रुपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आइसीयू तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रेफर गर्ने कार्य रोक्नुपर्ने बताए। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर ढुङ्गेलले अस्पतालले विगतमा तयारी नै नगरी एनआईसीयू सञ्चालन गरेकाले बन्द गर्नुपरेको दाबी गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×