नेपालगञ्जमा स्कारपिओको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं - बाँकेको नेपालगञ्जमा स्कारपिओको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ । एक जना भने गम्भीर घाइते भएका छन् ।

गएराति जिल्लाको सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपिओले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त कार्यालयका अनुसार स्कारपिओको ठक्करबाट एक महिला र एक जना पुरुषको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

घाइते अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×