प्रकाश बाबु थापालाई ‘अन्तर्राष्ट्रिय युवा नेतृत्व अवार्ड’

काठमाडौँ - तीन वर्षदेखि सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट ३४ जना सम्मानित भएका छन्।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा शुक्रबार एक कार्यक्रमकाबिच प्रदान गरेको हो।

सिजन मिडियाले आफ्नो १४ औँ स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को-चेयर डा. रोबेट एस किट्टेल र पूर्वमन्त्री एकनाथ ढकालले प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिएका छन्।

समारोहमा ‘अन्तर्राष्ट्रिय युवा नेतृत्व अवार्ड’ गोरखाका प्रकाश बाबु थापा (प्रकाशपुन्ज) ले प्राप्त गरेका छन्। लामो समयदेखि नेतृत्व विकास सम्बन्धि कामहरुमा सक्रिय रहेका प्रकाश बाबु थापाले भारतबाट सन् २००१ मा अन्तराष्ट्रिय नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न गरेका थिए। यस्तै संयुक्त राज्य अमेरिका र क्यानडाबाट ३ वर्षको नेतृत्व विकास कोर्स सम्पन्न गर्न सफल रहेका थिए।

कार्यक्रममा पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने पवन अधिकारीले मिडिया ईन्टरपृनियर अवार्ड, नारायण पौडेलले हस्पिटालिटि अवार्ड,जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ अवार्ड, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, रमिला खत्रीले तेक्वान्दो कोच एन्ड ईन्टल रिफ्रेस अफ द इयर अवार्ड प्राप्त गरेका थिए।

यस्तै, रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर, धर्मराज गोसाइ हस्पिटल एण्ड हेल्थ केयर मेनेजमेन्ट अवार्ड, विकाश खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छन्। उक्त कार्यक्रममा अन्य २ दर्जन बढीलाई बिभिन्न अवार्ड प्रदान गरिएको आयोजक सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले बताएका छन्।

सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष वन्तले बताएका छन्। सन् २०१९ मा कोभिड-१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×