आगामी दिनमा थप उत्साह र ऊर्जाका साथ पार्टीमा काम गर्छु : नेता डा महत

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी दिनमा आफू थप उत्साह र ऊर्जाका साथ पार्टी काम गर्ने बताएका छन। कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले आफूले सदैव पार्टीलाई केन्द्रमा राखेर काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता दोहोराए।

पूर्वमन्त्रीसमेत रहनुभएका उहाँ पार्टीको हालै सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजय भएका थिए। महाधिवेशनमा आफू समूहगतरूपमा निर्वाचनमा गएको भए पनि महामन्त्री पदमा अपेक्षितरूपमा समूहगत भोट नआएको उनको गुनासो थियो। पार्टीका निवर्तमान सहमहामन्त्री डा महतले निर्वाचनको मतपरिणामका बारेमा पार्टीका सार्थीहरुले आगामी दिनमा समीक्षा गर्दै जाने बताए।

मतदानमा अनेक बाधा व्यवधानका बाबजुद प्राप्त गरेको मत आफ्ना लागि सबल पक्ष भएको बताउँदै उहाँले अहिलेको अवस्थालाई देशभरका नेताकार्यकर्ता माझ आफूलाई थप चिनाउने बुझाउने अवसरका रूपमा लिने उल्लेख गरे। मतदानमा अपेक्षित परिणाम नआएको भए पनि पार्टीमा आफ्नो हैसियतअनुसार काम गर्दै जाने उल्लेख गर्दै नेता डा महतले सबैले पार्टीलाई संस्थागतरूपमा अघि बढाउन लाग्नुपर्ने धारणा व्यक्त गरे। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×