काठमाडौँ- नोभाक जोकोभिचले कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरेमा आफूले भविष्यमा टेनिस ट्रफी गुमाउन चाहेको बताएका छन्। सर्बियाली टेनिस स्टारले बीबीसीस“ग कुराकानीमा बताए कि उनी भ्याक्सिन विरोधी नभएर व्यक्तिगत अधिकारलाई समर्थन गर्ने खालका हुन्। उनले आगामी प्रतियोगिताहरूमा भ्याक्सिनलाई प्राथमिकता दिएमा खेलबाटै अलग रहने पनि बताए। वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा जोकोभिच भ्याक्सिन नलगाएकै कारण खेल्नबाट वञ्चित भए। यदि, आगामी ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र विम्बल्डनका आयोजकले भ्याक्सिन अनिवार्य गरेमा उनले प्रतियोगिता छोड्न मन पराएको पनि बताए।
२० ग्रान्डस्लाम उपाधि विजेता जोकोभिच पुरुष टेनिसतर्फ विश्व एक नम्बर खेलाडी हुन्। विश्वमा कोभिडविरुद्धको भ्याक्सिन लगाउनुपर्ने प्रावधान रहेको अवस्थामा उनले २१औं ग्रान्डस्लाम उपाधि जित्न कठिन हुने पनि देखिएको छ। तर, उनी अझै केही वर्ष खेल्न सक्ने आसमा छन्। गत महिना भएको अस्ट्रेलियन ओपनको उपाधि जितेर उनका प्रतिद्वन्द्वी राफायल नाडाल उनीभन्दा अघि लम्केका छन्। स्पेनी टेनिस स्टार नाडालले २१औं ग्रान्डस्लाम जितेर जोकोभिच र स्विस टेनिस स्टार रोजर फेडेररलाई पछि पारेका हुन्।
जोकोभिचले भ्याक्सिनको सट्टा डाइटले शरीर बलियो बनाउनुपर्ने पनि बताए। उनले भने—म कहिल्यै भ्याक्सिनविरुद्धमा थिएन। हरेकले विश्वबाट कोभिडको अन्त्य गर्न कोशिस गरिरहेका छन्। आस गरौं भाइरस छिट्टै समाप्त होस्।
विश्वमा कोभिड भ्याक्सिनका १० अर्ब भन्दा बढी डोज लगाइसकेको छ। तथ्यांकअनुसार विश्वभरि १० मध्ये ६ जनाले भ्याक्सिन लगाइसकेको छ। औषधिहरूको जस्तै कोभिड भ्याक्सिनको पनि साइड इफेक्ट रहेको तर, सुरक्षितको लागि भ्याक्सिन नै अनिवार्य रहेको पनि जनायो। यसले मृत्युदर कम गरेको, गम्भीर बिरामीलाई बचाउने र कोभिडविरुद्ध पनि सुरक्षित गर्छ।
तर, जाकोभिचले भ्याक्सिनबारे धेरै कुरा थाहा नभएको बताए। उनी दुईपटक कोभिडबाट संक्रमण पनि भइसकेका छन्। उनले बताए—यसमा धेरै आलोचना भएको मैले बुझ्छु। विभिन्न सिद्धान्तसँगै मान्छेहरूले भनिरहेको पनि बुझ्छु। म भाग्यशाली छु भन्ने पनि होइन, किनभने कोही पनि भाग्यशाली छैनन्। कोभिडसँग विश्वभरि नै अझै पनि संघर्ष भइरहेको छ। त्यसैले, मैले यसलाई निकै गम्भीरताका साथ लिएको छु। भ्याक्सिनको कारण मेरो लागि अस्ट्रेलियाको बाटो समाप्त भएकोमा म निराश बनेको थिए। साभार