गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला

काठमाडाैँ - नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सो मा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ।

आयोजक साइना साहारा ग्रुपले सो मा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारि दिएकाे छ। सो का निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सो मा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउनेछन्।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल हुनेछन्। यस सो का निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् भने निर्देशकमा हरी शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन्।

सो मा विजेता हुने प्रतियोगीले पचास लाख देखि विभिन्न अबसर सम्म प्राप्त गर्न सक्ने आयोजकले बताएको छ। 

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ आयोजकको ठेगानामा पठाउनुपर्नेछ। यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्नेछ। असोजमा विजेताको छनोट गरिने आयोजकले जानकारि दिएकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×