प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्वीप’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।

आज (सोमबार) बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×