काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत एक पटकको विजेता स्पेन र चार पटकको विजेता जर्मनीले बराबरी खेलेका छन्। अल बायट स्टेडियममा भएको समूह 'ई' अन्तर्गतको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेलेका हुन्।
बराबरीसँगै पहिलो खेलमा जापानसँग २-१ ले पराजित भएको जर्मनीले नकआउट पुग्ने सम्भावना कायमै राखेको छ। स्पेनले भने पहिलो खेलमा कोस्टा रिकालाई ७-० ले पराजित गरेको थियो।
आइतबार रातिको खेलमा अल्भारो मोराटाले ६२ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ८३ औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
यस समूहमा स्पेनको ४ अंक रहेको छ।, जापान र कोस्टा रिकाको समान ३ अंक रहेको छ। जर्मनीको १ अंक रहेको छ।