अवैध लागूऔषधसहित एक जना पक्राउ

जुम्ला - चन्दननाथ नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित गुठीचौर गाउँपालिका–३ बस्ने १९ वर्षीय तपेन्द्र बुढथापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले तलासी लिने क्रममा तपेन्द्रले साथमा रहेको प्लाष्टिकले बेरेको पुरिया मुखमा हाली निलेकोले निजलाई नियन्त्रणमा लिई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा लगि उपचार गराउने क्रममा ४ वटा पुरियामा रहेको उक्त पदार्थ निकालिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×