काठमाडौँ - अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिने आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ।
लैनचोरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो। कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन्। उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन्।
नेपालमा आईटीटीएफको लेभल टुको कोर्स हुन लागेको यो तेस्रो पटक हो। कार्यक्रममा ३ महिलासहित कुल १९ प्रशिक्षकको सहभागी रहेको छ। यस कार्यक्रमपछि नेपाली टेबल टेनिसले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न प्रशिक्षक पाउने छ।
कार्यक्रमको अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले उद्घाटन गरेका थिए।