चर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन बन्ने

काठमाडौँ - नेटफ्लिक्सको चर्चित कोरियन सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन बन्ने भएको छ। ओटीटी प्लेटफर्म नेटफ्लिक्सले दोस्रो सिरिज बनाउने घोषणा गरेको हो।

‘स्क्विड गेम’ का लेखक, निर्देशक तथा कार्यकारी निर्माता वाङ डोङ ह्युकले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्। फिल्ममा कुन चरित्र हुने वा नहुने बारे समेत उनले जानकारि दिएका छन्।

‘स्क्विड गेमको पहिलो सिजन बजारमा आउन १२ वर्ष लागेको थियो। तर, नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने सिरिज बन्न यसलाई १२ दिन पनि लागेको थिएन। लेखक, निर्देशक र निर्माताको रुपमा हाम्रो सिरिज हेरेर मन पराइदिनु भएकोमा धन्यवाद,’ वाङले लेखेका छन्।

वाङका अनुसार सियोङको भूमिकामा देखिएका अभिनेता लि जंग जेइ र खलनायक फन्ट म्यान दोस्रो सिरिजमा पनि देखिनेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×