अमेरिकालाई आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन चीन इच्छुक

चीन । चीन संयुक्त राज्य अमेरिकामा आँधीबाट प्रभावित मानिसहरूलाई आवश्यकता अनुसार आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन इच्छुक रहेको चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका प्रवक्ता सु वेइले सोमबार बताएका छन् । टोर्नाडोले संयुक्त राज्य अमेरिकाको मध्य भागमा ठूलो असर गरेको छ। अति प्रभावित राज्यहरूमा अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरी  छन् । त्यहाँ ठूलो संख्यामा हताहत र आर्थिक क्षति  भएको छ। 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार पत्रकार सम्मेलनमा चीनले अमेरिकाको क्षतिप्रति दुःख व्यक्त गरेको बताएका छन् । "आशा छ कि घाइतेहरू सकेसम्म चाँडो निको हुनेछन् र प्रभावित मानिसहरूले चाँडै नै आफ्नो घर पुनर्निर्माण गर्न सक्नेछन्" वाङले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×