काठमाडाैँ - भारतीय क्रिकेट टोलीका स्टार खेलाडी विराट कोहली र पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले एउटै टोलीबाट खेल्ने भएका छन्। सन् २०२३ को आईपीएलपछि अफ्रिका ११ र एसिया ११ बीच आयोजना हुने श्रृङ्खलामा यी दुई खेलाडी एकै टोलीबाट खेल्ने भएका हुन्।
एसिया ११ मा श्रीलङ्का र बङ्गलादेशका खेलाडी पनि समावेश हुनेछन्।
यसअघि सन् २००७ मा एसिया ११ र अफ्रिका ११ भिडेका थिए। त्यसबेला तीन खेलको श्रृङ्खला एसिया ११ ले ३-० ले जितेको थियो। त्यसबेला महेन्द्रसिंह धोनी, मोहम्मद आसिफ, युवराज सिंह, मोहम्मद युसुफ जस्ता खेलाडीले एकै टोलीबाट खेलेका थिए। त्यसबेला अफ्रिका ११ बाट मोर्ने मोर्कल, एबी डिभिलियर्स जस्ता खेलाडीले खेलेका थिए।