राष्ट्रियसभा बैठकमा आज पनि अवरोध गर्ने प्रतिपक्षी दलको अडान

काठमाडौँ - राष्ट्रियसभा बैठक आज बस्दैछ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। 

यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण  बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो। 

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए। उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×