सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी

काठमाडौँ - शहीद स्मारक सी डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगाबीचको खेल बराबरीमा सकिएको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा समाज कल्याण र सााँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो।

साँगाका लागि निरक लिम्बुले गोल गरे भने समाज कल्याणका लागि बिपिन पराजुलीले गोल फर्काएका थिए। खेलको ८६ औं मिनेटमा लिम्बुको गोलले साँगाले अग्रता लियो।

तर, खेलको इन्जुरी टाइममा बिपिन पराजुलीले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काउन सफल भए। साँगाका रवि कुमार म्यान अफ द म्याच घोषित भए। अर्को खेलमा झापा फुटबल क्लब र रानीवन स्पोर्ट्स क्लब दिउँसो ४ बजेबाट आमने सामने हुँदैछन्।

झापा सातौं जित निकाल्न चाहन्छ भने रानीवन तेस्रो जितको खोजीमा रहेको छ। १९ अंकसहित झापा अंकतालिकाको दोस्रो स्थानमा रहेकाे छ। भने ७ अंकसहित रानीवन ९ औँ स्थानमा रहेकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×