इटालियन सिरी एः स्पेजियामाथि इन्टर मिलानको जित

काठमाडौँ - इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले लगातार दोस्रो जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा इन्टर मिलानले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदाज सान सिरोमा इन्टर सहज जित दिलाउन लाउटारो मार्टिनेज, हाकान काल्हनोग्लु र जोक्विन कोरियाले १-१ गोल गरेका थिए। खेलको ३५ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। ५२ औं मिनेटमन काल्हनोग्लुले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।

८२ औं मिनेटमा कोरियाले गोल गरेपछि इन्टरले ३-० को सहज जित निकालेको हो। जितसँगै शीर्ष स्थानमा रहेको इन्टरले २ खेलमा ६ अंक जोड्दा पराजित स्पेजिया समान खेलबाट १ अंकका साथ ११ औं स्थानमा रहेको छ।

लिगअन्तर्गतकै अन्य खेलमा सासोउलोले लीसलाई १-० ले हराउँदा लाजियोले टोरिनो तथा उडिनेसले सालेर्निटानासँग गोलरहित बराबरी खेलेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×