चितवन। राति ९ बजेदेखि मतदान हुने तालिका रहेको भए पनि नेकपा (एमाले)को १०औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ। तथापी अहिलेसम्म पनि उम्मेदवारको अन्तिम नामावली भने सार्वजनिक गरिएको छैन। उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका कारण उम्मेदवारको अन्तिम नामावली भने सार्वजनिक नगरिएको हो।
अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।त्यसैगरी सचिव पदमा पनि ९ जनाको उम्मेदवारी परेको छ।
हर्नोस उम्मेदवारहरुको सुची:
अध्यक्षका उम्मेदवार
१. केपी शर्मा ओली
२. भीमबहादुर रावल
वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल (निर्विरोध)
उपाध्यक्षका उम्मेदवार
१. अष्टलक्ष्मी शाक्य
२. घनश्याम भुसाल
३. युवराज ज्ञवाली
४. रामबहादुर थापा
५. विष्णुप्रसाद पौडेल
६. सुरेन्द्रप्रसाद पाण्डे
७. सुवासचन्द्र नेम्वाङ
महासचिव
शंकर पोखरेल (निर्विरोध)
उपमहासचिव
पृथ्वी सुब्बा गुरुङ (निर्विरोध)
प्रदीप ज्ञवाली (निर्विरोध)
विष्णुप्रसाद रिमाल (निर्विरोध)
सचिवका उम्मेदवार
१. गोकर्ण विष्ट
२. छविलाल विश्वकर्मा
३. टोपबहादुर रायमाझी
४. टंक कार्की
५. पद्माकुमारी अर्याल
६. भीमप्रसाद आचार्य
७. योगेश भट्टराई
८. रघुवीर महासेठ
९. लेखराज भट्ट