काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई रुघाखोकी र ज्वरोसँगै जीउ दुख्ने भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल स्रोतका अनुसार राष्ट्रपतिको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो। तर, अहिले राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। ‘कोरोना संक्रमण पुष्टि भएको छ। तर स्वास्थ्य सामान्य छ, अहिले ज्वरो पनि छैन, जीउ दुख्ने समस्या पनि कम भएको छ’, राष्ट्रपति निकट स्रोतले बतायो।