युरोपा लिगमा आर्सनलको रोमाञ्चक जित

काठमाडौँ - युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब आर्सनले विजयी सुरुवात गरेको छ। उसले समूह ‘ए’ अन्तर्गतको खेलमा स्विस टोली एफसी ज्युरिकलाई २-१ ले हराउँदै विजयी सुरुवात गरेको हो।

ज्युरिको घरेलु मैदान क्यावन पार्कमा आर्सनलाई जित दिलाउन मार्किन्होस र इडवार्ड एनकेइटाले १-१ गोल गरेका थिए। ज्युरिचका मिर्लिन्ड क्रेजिउले १ गोल फर्काएका थिए।

खेलको १६ औं मिनेटमा मार्किन्होसको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो। ४४औं मिनेटमा  क्रेजिउले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

६२ औं मिनेटमा एनकेइटाले मार्किन्होसको पासमा गोल गर्दै आर्सनलाई २-१ को रोमाञ्चक जित दिलाए। यो जितसँगै आर्सनलले ३ अंक जोड्दा ज्युरिकले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

यही समूहको अर्को खेलमा पिएसभी इन्डोभेन र बोडो-गिल्मटले १-१ को बराबरी खेलेका छन्। त्यस्तै, लिगअन्तर्गतकै अन्य खेलमा रियाल बेटिस, मोनाको, फेरेन्सिभारोस, एसके स्ट्रम ग्राज, नान्टेस र एससी फ्रेइबर्गले पनि जित हात पारेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×