शहीद दिवसमा व्यासमा सार्वजनिक बिदा

दमौली । व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ । उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो । तर यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगित भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×