विराटनगर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले केहि महिनामा नै स्थानीय निर्वाचन हुने र वर्षदिन भित्र प्रदेश निर्वाचन हुने जानकारी गराएका छन् ।
आज शुक्रबार प्रदेश १ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । उनले स्थानीय र प्रदेशन निर्वाचनका लागि तयारी थाल्न समेत निर्देशन दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई सबै तहको निर्वाचनमा विजयी हुन काँग्रेस एकतावद्ध हुनुपर्ने सन्देश समेत दिएका छन् ।
उनले मुलुकमा काँग्रेसको विकल्प नरहेको भन्दै जनताको मन जित्नु पर्नेमा जोड दिए । यसका लागि महाधिवेशनले पनि सहयोग पुग्दे दावी उनले गरेका छन् ।