काठमाडौँ - गायक रामकृष्ण ढकालको स्वरमा रेकर्ड भएको ‘काली’ बोलको गीत सार्वजनिक भएको छ। दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चिन्तामणि सिवाकोटीले रचना गरेका छन्। पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन्।
बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। वियोगान्त भावको उक्त गीतको भिडियोमा गायक ढकालसहित नम्रता सापकोटा, दिपेश ढकाल तथा दिपेन गौतम माइकलले अभिनय रहेको छ।
भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। उत्सव दाहालको छायांकनको यो भिडियोलाई विकास दाहालले सम्पाद गरेका छन्।