काठमाडौं । नेपाल पहिलाे टी-२० खेलमा जिम्बावे ए टिमसँग ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर १८१ रन जोड्न सफल भएको थियो ।
नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।
जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले तीन छक्का र तीन चौका सहित सर्वाधिक ५६ रन बनाए । आदिलले २७ बल खेल्दै चार चाैका र तीन छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए ।
बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए । बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जाेङ्गले, ब्रान्डन माभुता र जाेन मासाराले एक-एक विकेट लिए ।