अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक

काठमाडौँ - लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक भएको छ। माया प्रेमका प्रसंग समेटिएको गीतमा गायिका पन्तलाई स्वरमा गायक अभिनय यादवले साथ दिएका छन्।

गीतमा रविमानसिंह बस्यालको शब्द तथा टिका बोम्जनको संगीत रहेको छ। गीतको संगीत संयोजन साहष  शाक्यले गरेका हुन्।

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेमकथा देखाउने खोजिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×