टि-२० आई सिरिज: तेस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

काठमाडौँ - इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिज अन्तर्गत गएराति भएको तेस्रो टि-२० आई खेलमा इंग्ल्यान्ड विजयी भएको छ। पाकिस्तानलाई ६३ रनले स्तब्ध पार्दै इंग्ल्यान्डले २-१ को अग्रता बनाएको हो।

यी दुई टोलीबीच ७ टि-२० आई खेल हुन लागेका हुन्। इंग्ल्यान्डले दिएको  २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन मात्रै जोड्न सक्यो।

जसमा शान मसुद सर्वाधिक ६६ बनाएपनि हार भने टार्न सकेनन्। इंग्ल्यान्डका मार्कवुडले ३,आदिल राशिदले २,साम करन र रिस टोप्लीले १/१ विकेट लिएका थिए।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो। जसमा ह्यारी ब्रुक ८१ र  बेन डकेटले ७० रन बनाएका थिए।

पाकिस्तानका स्पिनर उस्मान कादिरले  २ विकेट लिएका थिए। इंग्ल्यान्डका ह्यारी ब्रुक म्यान अफ द म्याच भएका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×